Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको गयो ज्यान, पछाडि बसेका साथी घाइते

रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार मोटरसाईकल दुघर्टना हुँदा प्रहरी जवान ज्यान गएको छ । मोटरसाईकलको पछाडि बस्ने अर्का एक जना घाईते भएका छन् । 

चन्द्रनिगाहपुर–गौर सडकखण्डस्थित चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मोटरसाईकल दुर्घटनामा परी जवान यादव गम्भीर घाईते थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको हो । यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।

प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम विशेषले रौतहट आएको बेला दुर्घटनामा परेका हुन् । प्रहरीकाअनुसार उनको घर यसै वृन्दावन नगरपालिका–३ स्थित विश्रामपुरमा पर्छ । दुर्घटनामा परी मोटरसाईकलको पछाडि बस्ने वृन्दावन– १ २५ वर्षिय नविनकुमार चौधरीको बायाँ खुट्टामा चोट लागेको छ । 

उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादवको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको प्रहरीले जनायो । घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताए ।