Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मृत्यु कर्ममा भेला भएका १० महिलालाई चट्याङ लाग्दा...

कैलालीमा  मृत्यु कर्म (किरिया) मा भेला भएका १० महिला चट्याङ लागेर घाइते भएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पुण्य तिथिमा जम्मा भएका महिलाहरू चट्याङ लागेर घाइते भएका हुन् । 

चौधरीको घरको अगाडि अमट्टाको रुख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ् परेको थियो । चट्याङ लागेर बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

चट्याङ परेर ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु  र घोडाघोडी नगरपालिका–३ ढुसर की ३० वर्षीया ममता थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  घाइतेहरूको अवस्था सामान्य रहेको र बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।