Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

लाइफगार्ड अस्पतालको आइसीयू कक्षमै आगलागी भएपछि...

मोरङको विराटनगरस्थि लाइफगार्ड अस्पतालमा आगलागी भएको छ ।

अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासी आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिएका छन् ।

आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनले आईसीयूमा बिरामी भने नभएको बताएका छन् । अन्य वार्डका बिरामी र कुरुवाहरू सुरक्षित रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अस्पताल प्रशासनको भनाइ छ ।