Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चरेससहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । ६ केजी चरेससहित भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । 

मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीवाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका-३ शिखरकोटमा प्रहरीले रोकेर खानतलासी गर्ने क्रममा चरेस फेला पारेको हो । सिंह र चौधरीले तिघ्रामा बाँधेर चरेस ल्याएका थिए । १२ वटा प्लास्टिकको पोकामा प्याक गरेको चरेश एउटा तिघ्रामा तीनरतीन वटा पोका बाँधेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा लागुऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५०जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । 

उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम,७८ ग्राम खैरो हिरोइन, र १ सय ५ केजी चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।