Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रास्वपा परिपक्व हुने चरणमा छ, लय पक्रिंदैछौंः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी अहिलेसम्म ठिक भएको भन्दै लय पक्रिने क्रममा रहेको बताएका छन् । 

सातै प्रदेशमा भएको ‘क्लोज क्याम्प’ उत्साहपूर्ण रुपमा सकिएको जानकारी गराउँदै सभापति लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको बताएका हुन् । ‘पार्टी परिपक्व हुने चरणमा छ । हामी विल्कुल ठिक छौँ, लय पक्रदैछौं । स्थापनाको दुई वर्षमा हामीले जानेर भन्दा पनि जानेको गर्‍यौं,’ सभापति लामिछानेले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझावबारे केन्द्रीय समितिमा घनीभूत छलफल हुने बताएका छन् ।  ‘सातै प्रदेशमा उच्च सहभागिता  र उत्साहपूर्ण रुपमा क्लोज क्याम्प सकिएको छ । प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ,’ सभापति लामिछानेले भनेका छन् ।

l(1).jpeg