भारतीय विदेश सचिव विक्रम मिस्री आज आइतबार नेपाल आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
उनी सोमबारसम्म नेपालमा रहने छन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।