Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

केटाले बिहे गर्न नमानेपछि माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढिन् एक महिला

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । लिभिङमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।

उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम  फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी उनलाई प्रहरीले उद्धार गरेको छ ।