Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सर्लाहीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दुरपुरस्थित ढांग्राखोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशुको मृत्यु भएको हो । खेल्ने क्रममा शनिबार घरनजिकको ढांग्राखोलामा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।

खोलामा डुबेका बालकलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बालकको शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।