न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।
शुक्रबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको हो । यसअघि साउन १५ गते परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।
परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ । सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् ।
न्याय परिषद्का एक सदस्यका अनुसार न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ ।
यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो । परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो ।



