काठमाडौंको उत्तरी क्षेत्र सुन्दरीजल घुम्न गएका एक युवक घट्टेखोलामा मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–३२ काँडाघारी पेप्सीकोलाका २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत भेटिएका हुन् ।
उनी बिहीबार साँझदेखि बेपत्ता थिए । साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा उनको शव शुक्रबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
उनी आफै खोलामा खसेका थिए वा अरु कसैले धकेलिदिएको हो भन्नेबारे अनुसन्धान भइरहेका प्रहरीको भनाइ छ ।