कपिलवस्तुमा मोटरसाइकलबाट सडकमा लडेकी युवतीलाई ट्याक्टरले किच्दा मृत्यु भएको छ ।
मायादेवी गाउँपालिकाको पकडी–चाकरचौडा सडक खण्डअन्तर्गत वडा नम्बर–२ अभिरावमा यूपी ५३ इडी ८३९१ नम्बरको मोटरसाइकलबाट लडेकी सोही गाउँपालिका–४ चाकरचौडाकी २२ वर्षीया ममता कलवारलाई ना।६ त ५३६७ नम्बरको ट्याक्टरले किचेको थियो ।
पैदल यात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकलबाट उनी बाटोमै लडेकी थिइन् । प्रहरीका अनुसार उनलाई सँगै रहेको ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । ट्याक्टरले किचेर गम्भीर घाइते ममताको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।