Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

छोराहरूलाई यातना दिएको आरोपमा बाबु पक्राउ

ओखलढुङ्गामा नाबालक छोराहरूलाई यातना दिएको आरोपमा बुबा पक्राउ परेका छन् । ओखलढुङ्गा खिजीदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा पक्राउ परेका हुन् । 

उनलाई दुई छोरालाई यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।उनले छोरालाई रिस उठेको बेला तातो भाडाँमाथि राखिदिने, हातखुट्टा बाँधेर झुण्डाउने गरेको सूचना प्राप्त भएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

अहिले साना बालकहरुलाई यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएको छ । ‘छोराहरूले रिस उठाउँदा वा गल्ती गर्दा पटक–पटक यातना दिने गरेको सूचना पाएपछि पक्राउ गरी अनुसन्धान गरिरहेका छौं ।’