Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

साताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ ।