Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एउटै विद्यालयमा अध्ययनरत तीन जना बालिका सम्पर्कविहीन

धादिङको निलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत तीन जना बालिका बुधबारदेखि सम्पर्कविहीन भएका छन्।

 कक्षा ९ मा अध्ययनरत ती बालिकाहरू बुधबार बिहान दश बजे विद्यालय आएका र त्यसपछि घर नआएपछि उनका अभिभावकहरूले खोजी गरेका छन्।

तीनै बालिकाहरूलाई खोजी गरिदिन उनिहरुका अभिभावक बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका छन्। त्यसपछि प्रहरीको समेत सक्रियतामा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

सम्पर्कविहीन बालिकाहरुमध्ये तीनै जना कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी बिक, सुशिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेको उनिहरुका अभिभावकले बताएका छन्।

बेपत्ता बालिकाहरु तीनै जना नीलकण्ठ नगरपालिकास्थित–३ मा आफ्नै परिवारसँग बस्दै आएका थिए।