Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि कपिल आचार्य र भक्तबहादुर पुन सर्वोच्च पुगेका थिए ।

उनीहरुले दर्ता गरेको रिटमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले हटाउनुको कारण पनि मागेको छ । सरकारले साउन २० गते उनीहरूलाई हटाएर प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

बक्यौता नतिरेको आरोप लागेका उद्योगको लाइन जोड्ने विषयमा असहमति जनाएका आचार्य र पुनलाई स्पष्टीकरण सोधेको सरकारले जवाफ चित्त नबुझेको कारण देखाएर पदबाट हटाएको थियो ।