Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एक ट्रक गाँजासहित महोत्तरीबाट दुई भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भारततर्फ गाँजा तस्करी गरेको आरोपमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरूलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ बाट प्रहरीले ६११ किलो गाँजासहित बुधबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी छन्।उनीहरूलाई मिनि ट्रकमा भरी गाँजा राखेर तस्करी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।