Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यी हुन् एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ पुरुष १ महिला

नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको निधन भएको छ।

हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।  बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टरमा परि निधन भएका ४ पुरुष १ महिलाको शव फेला परेको छ ।

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । 

हेलिकप्टरमा सवार पाँचै जनाको निधन

क्याप्टेन अरुण मल्ल

यात्रुहरु:
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु (महिला)
जेमिङ सी (पुरुष) 

यो पनि हेर्नुहोस्