Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । हेलिकप्टार दुर्घटनाका सम्बन्धमा आकस्मिक बैठक बोलाइएको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भेटघाटलाई संक्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन् ।