Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाइएको टीआरसी प्रतिवेदनमा के छ?

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाएको छ ।

कार्यदलले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य थिए ।

दलहरुबीच पीडकमाथि २५ प्रतिशतमात्र सजायको मागदाबी लिएर जान पाउने, क्षमादानका लागि पीडितको सहमति अनिवार्य गरिने, द्वन्द्वमा घाइते सुरक्षाकर्मी, अंगभंग भएका परिवारलाई पनि परिपूरण दिनेबारे सहमति भएको छ । 

trc-sahamati-2.jpg

trc-sahamati-3.jpg

trc-sahamati-4.jpg

trc-sahamati-5.jpg