Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार पाँचै जनाको निधन

नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको निधन भएको छ। हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । 

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टरमा परि निधन भएका ४ पुरुष १ महिलाको शव फेला परेको छ ।

घटनास्थलबाट प्रहरीले दिएको जानकारीका अनुसार, 'हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ।'

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । 

हेलिकप्टरमा सवार पाँचै जनाको निधन

क्याप्टेन अरुण मल्ल

यात्रुहरु:
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु (महिला)
जेमिङ सी (पुरुष)