एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर आगो लागेको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा ४ चिनियाँ नागरिक यात्रु थिए । हेलिकोप्टर रसुवाको स्याफ्रुबेसी जान लागेको जनाइएको छ ।
अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।