नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन्। युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएकाे राष्ट्रपतिका प्रेस सचिवले जानकारी दिए।
राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने बताएका थिए।
मोहम्मद युनुसले भनेका छन्, ‘यति धेरै त्याग गरेका विद्यार्थीले मलाई यो कठिन समयमा नेतृत्व गर्न आग्रह गरिरहेका छन् भने म कसरी अस्वीकार गर्न सक्छु?’ मंगलबार बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो।
यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो।