Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पहिरोले देशभरका १३ सडक अवरुद्ध

भारी वर्षाका कारण पहिरो जाँदा देशका विभन्न १३ ठाउँमा सडक अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् ।

चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको हो ।

त्यसैगरी डोल्पा/त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिम/मुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।

अवरुद्ध ती सडक प्रहरी, सेना तथा स्थानीयको सहयोगमा खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ । 

pp.png