Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकाले शेख हसिनालाई दिएन भिसा

अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाको 'भिसा खारेज' गरेको छ । 

भारतीय मिडिया इन्डिया टुडेलेअमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै हसिनालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाउको छ ।बंगलादेशबाट सोमबार भारतको शरणमा रहेकी हसिना अब बेलायत जाने अपेक्षा गरिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार विगतमा हसिनाको अमेरिकासँग राम्रो सम्बन्ध थियो । तर, पछिल्लो समय अमेरिकाले उनको 'निरंकुश प्रवृत्ति'को आलोचना गरेको थियो ।

ढाकास्थित अमेरिकी दूतावासका प्रवक्ताले भिसाको रेकर्ड अमेरिकी कानुनअनुसार गोप्य रहने भएकाले व्यक्तिगत भिसा केसहरूको विवरणबारे बताउन नमिल्ने बताएका छन् ।