Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गुल्मीमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु

गुल्मीको मुसिकोट नगरपालिका-१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान घर माथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । उनका अनुसार पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।