Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एक बर्षमैं तेस्रो पटक एमाले कार्यालय डुबानमा

सोमबार रातिदेखि परेको वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका कारण एमाले मुख्यालयसँगै नजिकै रहेको एन्फाको फुटबल मैदान र केही घरहरु समेत डुवानमा परेका छन् । करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ ।

यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो । पछिल्लो पटक एक हप्ताअघि डुवानमा परेको थियो । मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ ।