Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कोरियाको उत्पादन मुलकतर्फको भाषा परीक्षामा कति भए उत्तीर्ण?

उत्पादनमुलकतर्फ दोस्रो चरणको कोरियाली भाषा परीक्षा (ईपीएस) मा करिब नौं हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि सञ्चालन भएको दोस्रो चरणको परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको हो। 

दक्षिण कोरियाको मानव संसाधन विकास सेवाका अनुसार  ८ हजार ९६५ उत्तीर्ण भएका हुन् । प्रकाशित नतिजा अनुसार ९५ प्रतिशतभन्दा बढी अंक ल्याउने उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा ६,३२१ जना उत्तीर्ण भएका थिए । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । 

त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।