Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

देश छोडेर कता गइन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना?

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् । 

बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् । शेख हसिना उडेको हेलिकप्टरमा उनकी बहिनी शेख रेहना पनि साथमा रहेकी बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए ।  उनीहरु सरकारी सेवामा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय जनाको मृत्यु भइसकेको छ ।