नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ ।
अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो । सुन आज तोलामा ३ सय रुपैयाँले बढ्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।