Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बाणिज्य बैंकको कर्जा असुली प्रभावितः कसको मुनाफा बढ्यो, कसको घट्यो?

देशमा देखिएको आर्थिक शिथिलताको प्रभाव अधिकांश बाणिज्य बैंकहरुमा देखिएको छ । कर्जा असुली प्रभावित हुँदा धेरै वाणिज्य बैंकको मुनाफामा ओरालो लागेको छ । आर्थिक वर्ष २०८०/८१ मा १० वटा बैंकको नाफामा गिरावट आएको छ । १० बैंकले खुद नाफा बढाउन सफल भएका छन् ।

प्रभु बैंक, नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्राइम, कुमारी, एभरेष्ट र नेपाल एसबीआई बैंक नाफा बढाउन सफल भएका हुन् । त्यस्तै सानिमा, एनएमबि, एनआइसी एसिया, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड, सिटिजन्स, ग्लोबल, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकको नाफामा गिरावट आएको छ ।

२० वाणिज्य बैंकले गत वर्ष ६४ अर्ब १५ करोड खुद नाफा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १३.३९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेका थिए। आर्थिक गतिविधिमा आएको सुस्ततासँगै रिकभरी प्रभावित भई खराब कर्जा बढ्न गइ नोक्सानीको असर अघिकांश बैंकको खुद नाफा परेको हो ।

गत वर्ष सर्वाधिक नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक छ । नबिलले ७ अर्ब ६ करोड खुद नाफा गरेको छ । ग्लोबल आइएमईले ६ अर्ब १ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड खुद नाफा कमाएको छ ।
 
हेर्नुस् कसको नाफा बढ्यो ? कसको घट्यो?

undefinedundefined