Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दाङमा बाढीबाट एक जनाको मृत्यु, ५ जना घाइते

दाङमा  बाढीबाट एक जनाको  मृत्यु भएको  छ ।  नेपाल प्रहरीले  सार्वजनिक गरेको विवरण अनुसार तुलसिपुर उपमहानगरपालिका वडा नं ४ की मन्जु  खड्काको मृत्यु भएको हो ।  

यस्तै प्रहरीले  सार्वजनिक गरेको  विवरण अनुसार विभिन्न ठाउँमा पहिरो जाँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ की ४४ वर्षीया घमण्डी थापा, ५५ वर्षीया धनसोभा बुढा, २६ वर्षीया संगे महतरा र २३ वर्षीय युवराज बुढा घाइते भएका छन् ।


यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ बस्ने ३६ वर्षीया जमुना बिक पनि घाइते भएको प्रहरीले जनाएको छ ।