Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

चार जना मन्त्रीसहित कर्णालीमा नेपाली कांग्रेस सरकारमा सामेल भएको छ । 

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुर्नगठन  गरेका हुन् । आज आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । 

राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने छन् ।