Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

‘स्टन्टबाजी’ का रुपमा कुनै काम गर्दैनौंः प्रधानमन्त्री

‘अहिले पनि हाम्राविरुद्ध भ्रम फैलाउन कोशिस भइरहेको छ’

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले पपुलिस्ट हुन र स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । आज आइतबार च्यासलमा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले ओलीले जनता र सुशासनमा केन्द्रित रहेर सरकार अगाडि बढ्ने धारणा राखेका हुन् । 

अहिले कांग्रेस र एमालेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुले भ्रम फिजाउन सक्रिय बनेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले अहिले कुनै भुलभुलैयामा, अफवाहको भरमा अन्यौलग्रस्त भएर अथवा पपुलिस्ट हुनका लागि वा स्टन्टबाजीका रुपमा कुनै काम र विचार नगर्ने समेत बताए । ओलीले लोकतन्त्रका लडेका एमाले र कांग्रेसले संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको ग्राह्यता, स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्नका लागि  भनेको बताए । 

एमाले अध्यक्ष ओलीले कतिपयले संविधान संशोधनको विषयमा भ्रम फिजाउने कोशिस भइरहेको बताएका छन् । ‘कतिपयले अहिले पनि हाम्राविरुद्ध भ्रम फैलाउन कोशिस गरिरहेका छन्, हामी संविधान संशोधन गर्न पर्छ भनिरहेका छौं तर धार्मिकहरुको ग्रन्थ जस्तो असंशोधनीय, विश्वास मात्र गर्नुपर्ने,फेर्न नपर्ने/नपाइने ग्रन्थ जस्तो गरेर संविधानलाई व्याख्या गरिरहेका छन् । संविधान जनताको भलाईका लागि, सुशासन र विकासका लागि, आफ्नो मौलिक संस्कृति संरक्षणका लागि, परिमार्जन हुँदै जाने दस्ताबेजलाई पनि भ्रम फिजाई रहेका छन् ।’

उनले जनतासँग एकाकार हुन र कम्युनिष्ट आचरणमा रहन कार्यकर्तालाई निर्देशन दिए । ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिए । ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको स्मरण गर्दै पार्टीमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिए ।