Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सेनाका जवानले आफ्नै घाँटीमा हाने गोली

पूर्वी नवलपरासीको अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । 

२२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी धादिङको गल्छी गाउँपालिका–४ निवासी हुन् । 

अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए । आत्महत्याको कारण भने खुलेको छैन ।