Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको सुमो सिस्नेरीमा पल्टियो, १० जना घाइते

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिवार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमो आफै अनियन्त्रित भई सडकको नाला साइडमा पल्टिएको हो । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइते मध्ये तीन जनाको अवस्था गम्भीर तथा सात जना यात्रुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 
 
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ । 

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए । ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।