Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सुर्खेतबाट पढ्नका लागि दाङ आएकी मञ्जु बाढीमा बेपत्ता, सीताको शव फेला

दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेस्थित बेचनी खोलामा शुक्रबार राति अटोसहित बगेर बेपत्ता भएका दुईमध्ये एक महिलाको शव फेला परेको छ । 

स्थानीय ५५ वर्षीया सीता आलेको शव शनिबार बिहान फेला परेको हो ।  तुलसीपुर  १५ स्थित हरिपौरी गनारीस्थित ग्वार खोलामा फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै बगेर बेपत्ता सुर्खेत जिल्ला घर भई अध्ययनका लागि खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्काको अवस्था अज्ञात छ ।  

उनी तुलसीपुरस्थित गोरखा माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।  शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो बगाएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अटोमा ५ जना सवार थिए । चालक खाद्रे गाउँका ४६ वर्षीय हरि किसन विक, स्थानीय ३४ वर्षीया सुनिता थापा र उनका ७ वर्षीय छोरा सुशान्त आलेलाई उद्धार गरिएको थियो ।