नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । शुक्रबार बसेको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले ३४४ सदस्यीय कमिटी गठन भएको जानकारी दिए ।
असार १६–२१ मा भएको महाधिवेशनले २९९ मध्ये ९३ सदस्यलाई मात्रै सर्वसम्मत रूपमा चुनेको थियो । एकीकृत समाजवादीले एक महिना पुग्नै लाग्दा कमिटीलाई पूर्णता दिएको हो ।
केही पदाधिकारी मात्रै टुंगो गरेको महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो ।
अब ३४४ सदस्यीय केन्द्रीय कमिटीको टुंगो भएकाले बाँकी पदाधिकारी त्यसपछि टुंग्याउने तयारी छ । समाजवादीले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालको मात्रै नाम टुंग्याएको थियो ।
यी हुन् केन्द्रीय सदस्य: