Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पाँचखाल पुगेर प्रधान सेनापति शर्माले के गरे ?

प्रधान सेनापति प्रभुराम शर्माले काभ्रेपलान्चोकको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन केही भौतिक संरचनाहरुको शुक्रबार शिलान्यास तथा समुद्घाटन गरेका छन् । 

संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाका सकलदर्जालाई प्रि–डिप्लोईमेण्ट तालिम दिनका लागि उक्त स्थानमा निर्माण गर्न लागिएको जवान लाइन र पदिक मेसको प्रधान सेनापतिले शिलान्यास तथा समुद्घाटन गरेका हुन् । 

उनले निर्माण सम्पन्न भएका अधिकृत मेस, पदिक मेस, जवान वासस्थान, जवान डाईनिङ्ग हल र बहु उपयोगी स्टोर भवनहरूको  समुद्घाटन गरे । सो अवसरमा प्रधान सेनापतिले उक्त केन्द्रमा सञ्चालित तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिंदै सकलदर्जालाई सम्बोधन गरे ।

Photo (1).jpg

२०४३ सालमा शान्ति सैनिकको रूपमा खट्टिने नेपाली शान्ति सैनिकहरूलाई तालिम प्रदान गर्न पाँचखाल तालिम शिविरको रूपमा स्थापना भएको उक्त तालिम केन्द्र ०५८ मा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको रूपमा नामकरण भएको थियो ।

उक्त तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ विभिन्न संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्न संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशका सैनिकहरू बिच विभिन्न समयमा संयुक्त तालिम तथा अभ्यासहरू समेत सञ्चालन हुँदै आइरहेको छ ।

PR.jpeg