Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नव नियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नव नियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री समक्ष उनीहरूले शपथ लिएका हुन् । 

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ छन् । 

शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए । योसँगै २५ सदस्यीय  मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली गत असार ३० मा नियुक्त थिए ।