साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदाको जानकारी दिएको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येनानाथको भोटो देखाउने जात्राका अवसरमा सो दिन सार्वजनिक बिदा दिन लागिएको हो ।
जसअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा हुनेछ ।
