Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कक्षा १२ को नतिजा: एक लाख ८७ हजार २१ विद्यार्थी फेल

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । जसमा एक लाख ८७ हजार २१ जनाको ननग्रेडिङ (एनजी) आएको छ ।

परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

सार्वजनिक नतिजाअनुसार ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो ।

त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।