Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

‘देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ?’

युवा तथा खेलकुदमन्त्री तेजुलनल चौधरीले, जबसम्म युवाहरुलाई नेपालमा बस्न योग्न बनाउन सकिँदैन तबसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् तबसम्म युवा दिवस मनाएर केही पनि नहुने बताए ।

Photo (17).jpg

उनले भने,मन्त्रालयमा हामी तीनसय जना बसेर युवा दिवस मनाएर भव्य हुँदैन् ।  देशका युवाहरु जबसम्म नेपालमा बस्नयोग्य बनाउन सकिँदैन, युवाहरुलाई रोजगारी सृजना गर्न सकिँदैन् । युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् । जागरण अभियानमा लगाउन सकिँदैन् । तबसम्म केही हुँदैन् ।’

उनले आजैबाट नेपाली युवाहरुलाई नेपाल मै रोजगारी दिन सक्नेगरी वहस अगाडि सार्न सुझाव दिए । उनले युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह समेत गरे ।

Photo (11).jpg

‘अझै पनि हाम्रो देशमा युवाले बालबालिकाले पढ्न सकेको छैन् । म सम्पूर्णमा आग्रह गर्न चाहन्छु । हामी युवा दिवस मनाउ भव्य र सभ्य रुपमा आजदेखि प्रण गरौं । नेपाली युवाहरुलाई नेपालमै कसरी रोजगारी दिन सक्ने वहस अगाडि सारौं । युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह गर्दछु ।’