Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटलमा

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो।

भिडियो:

विहीबारको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन मनोहरा र बागमती नदीमा आएको बाढीले डुबानमा परेको छ ।

तस्बिरहरु:

undefinedundefined