Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आजको पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो?

नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो । 
 
बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ ।