Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

आज बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मुल्य २ रुपैयाँ घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।