Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एकीकृत समाजवादीका केन्द्रीय सदस्यकाे नाम टुंगो लगाउने जिम्मा यी तीन नेतालाई

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्यकाे नाम टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल गठन गरेको हो । कार्यदलले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र  मनोनयनबारे गृहकार्य गर्ने प्रचार विभागले जनाएको छ । 

केन्दीय कमिटीको आगामी बैठक साउन १८ गतेका लागि डाकिएको छ । सोही बैठकले टुंगो लगाउने बताइएको छ । पार्टीको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य मात्रै चयन गरेको थियो । बाँकी रहेको २०६ सदस्य चयन गर्न एकीकृत समाजवादीमा सकस छ ।

आकांक्षी धेरै हुँदा छान्न समस्या भएको नेताहरू बताउँछन् । बाँकी रहेका १८ पदाधिकारी छनोट गर्न केन्द्रीय कमिटीले पूर्णता नपाउँदा रोकिएको छ । महाधिवेशनले तीन पदाधिकारी मात्रै छानेको थियो ।