Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बिरामी ल्याएर आएको हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरिएको छ ।

डोल्पाबाट लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई लिएर आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण गरेको हो। हेलिकप्टरबाट असई विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो ।

तर, बाटोमै मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । असई विसीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको छ।

हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो ।