सेयर बजार परिसूचक नेप्सेमा बुधबार नयाँ रेकर्ड बनेको छ। बुधबार अहिलेसम्मकै झण्डै २२ अर्बको कारोबार भएको हो।
आज २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो। नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको थियो। बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ। १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सबै समूहका सूचक बढेका छन् ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका अनुसार फाइनान्स समू्हको परिसूचक ८.०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ ।
यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ । २१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।