Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव फेला

गोँगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ ।

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेटनजिक पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको प्र्रहरीले जनाएको हो ।

मृत अवस्थामा भेटिएका ती व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार घटनाको प्रकृति हेर्दा ४/५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको छ ।

शव पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ । मृत भेटिएका व्यक्ति यातायात क्षेत्रमा नै बसपार्कतिर काम गर्ने गरेको पाइएको उनले बताए ।