Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ह्वात्तै बढ्यो सुनको सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो । 

मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।